२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माईखोला हाइड्रोपावरले हकप्रद शेयर ल्याउने

माईखोला हाइड्रोपावरले हकप्रद शेयर ल्याउने

1.1K
Shares

काठमाडौं – माईखोला हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा माईखोला हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७८ करोड ४३लाख १३ हजार ६०० रुपैयाँ कायम हुनेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij