२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

1.1K
Shares

काठमाडौं – नेपाली बजारमा  मंगलबार सुनचाँदीको  मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij