२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वडा कार्यालय बनाउन ललित तामाङद्वारा निः शुल्क जग्गादान

वडा कार्यालय बनाउन ललित तामाङद्वारा निः शुल्क जग्गादान

805
Shares

भोजपुर- भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक रु ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

भवन निर्माणको लागि स्थानीयवासी ललित तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका थिए । “आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छौँ” वडाध्यक्ष तामाङले भने,“यहाँ कार्यालय सञ्चालनको लागि भवन नहुँदा धेरै समस्या थिए । नगरपालिकामा एक वटा कोठाबाट लामो समयसम्म सेवा प्रवाह गरियो । अहिले आफ्नै कार्यालय भवन हुँदा सेवा प्रवाहमा सहजता भएको छ ।”

आफ्नै वडामा कार्यालय भवन निर्माण भएर सेवा प्रवाह भएपछि सहजता भएको स्थानीयवासी धनबहादुर तामाङले बताए ।“वडामा नै कार्यालय नहुँदा हामीलाई वडाको सेवा लिन समस्या थियो” उनले भने,“माथिल्लो क्षेत्रका नागरिक सेवा लिन सदरमुकामसम्म जान धेरै समय लाग्यो । अहिले वडाबाट सेवा शुरु भएपछि हामीलाई सहजता छ ।”

वडाको सेवा सवैलाई सहज हुने तथा पायक पर्ने स्थानबाट सेवा प्रवाह भएपछि स्थानीयबासी खुसी भएका छन् । वडा भवन नहुँदा माथिल्लो भेगका नागरिकलाई एकदेखी डेढ घण्टा धाएर सेवा लिनु पर्ने अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij