काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ। सोमबार कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै अब मंगलबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। कम्पनीको शेयर एग्च्भ् सिम्बलबाट कारोबार हुने छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६।४५ रुपैयाँ देखि २८९।३५ रुपैयाँको सुरुवाती रेन्ज तोकेको छ।
कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको आईपीओ वैशाख ११ गते बिहीबार बिहान शेयर बाँडफाँड भएको थियो। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन भएको हो ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij