काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १४ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij