काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले अनुसन्धान थालेपछि गृह मन्त्रालयले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका थप ८ जनालाई सरूवा गरेको छ।
गृह मन्त्रालयले बिहीबार ८ जनालाई सरूवा गरेको हो। अध्यागमन विभागमा रहेका नासुहरू प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरूवा भएको हो।
नासु नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरूवा गरेको हो। त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ, कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गतमा सरूवा भएको हो। त्यस्तै अन्य ६ जनालाई पनि गृहले अध्यागमनबाट तानेको थियो। यसअघि गृहले अध्यागमन प्रमुख तीर्थराज भट्टराईको जिम्मेवारी खोसेर गृहमा तानेको थियो। योसँगै गृहले अध्यागमन कार्यालयबाट १५ जनाको सरूवा गरिसकेको छ।
अख्तियारले यस घटनामा अनुसन्धान थालेपछि गृहले ठूलो संख्यामा कर्मचारी हेरफेर गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij