२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर

785
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले द्वय डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँड गरेका छन् । डेपुटी गभर्नरमा निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्र रहेका छन् ।

बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग डेपुटी गभर्नर नीलम ढुंगानाको जिम्मेवारी अन्तरगत रहनेगरी  जिम्मेवारी तोकिएको छ ।  यस्तै प्रदेश कार्यालयहरु पनि ढुंगानाकै जिम्मेवारी मातहात रहेनगरी जिम्मेवारी दिइएको छ ।

यसैगरी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैकिङ विभागको जिम्मेवारी तोकएिको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij