२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

520
Shares

काठमाडौं -छिमेक लुघवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ३३ हजार ९७१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि निवेदन पेस गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी कबुल गर्नुपर्नेछ।

निवेदन संस्थाको काठमाडौंको मध्यबानेश्वरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। निवेदन पेस गर्न ३५ दिनको म्याद दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij