काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.०४ अंकले बढेर २६८८ बिन्दुमा पुगेको छ । आज दिनभरिमा ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ ।
आज १०४ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij