काठमाडौं – नेपाली बजारमा सुनचाँदी बिहीबार मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला १ हजार ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलाको ३५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij