२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तिल गाउँमा पु-याइयो राहत सामग्री

तिल गाउँमा पु-याइयो राहत सामग्री

1.2K
Shares

हुम्ला- जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिल गाउँमा आज राहत सामग्री पु-याइएको छ । यही जेठ १ गते राति गएको बाढीपहिरो पीडितका लागि सातदिन पछि आज राहत सामग्री पु-याइएको हो ।

पहिरोको जोखिममा रहेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य सङ्घ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिल गाउँमा पुगेको हो । राहत सामग्रीसँगै नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा पनि तिला गाउँ पुग्नुभएको छ ।

बाढीपहिरो पीडितका लागि प्रमुख समस्या गाँस, बास र कपास भएकाले आवश्यक सामग्री आज बिहान पु-याइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरुलाई १० क्विन्टल चामल, १०० लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल चिउरा, एक क्विन्टल भुजा, चिया, आलुको बीउ, सागसब्जीको बीउ, साबुन, औषधि, सिमेन्ट पु-याइएको प्रजिअ पाण्डेयले बताउनुभयो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा आज राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ । कम्बल, त्रिपाल, म्याट्रेस लिएर अध्यक्ष गणेश महत त्यसतर्फ लाग्नुभएको हो । त्यसैगरी खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाले एक हजार ८०० मिटर खानेपानीको पाइप सहयोग गरेको छ ।

तिल गाउँका १९ घरपरिवारका ३३ जना त्रिपाल मुनि बस्दै आएका छन् । उक्त राहत सामग्री हल्जी गाउँदेखि गाडी पुग्ने ठाउँसम्म गाडीमा र त्यसपछि भरिया, घोडा र खच्चडलाई बोकाएर तिल गाउँमा पु-याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij