२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयका विद्यार्थीलाई झोला सहयोग

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयका विद्यार्थीलाई झोला सहयोग

1.3K
Shares

काठमाडौं – प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडलेले कैलाली जिल्लाको चुरे गाउँपालिकास्थित ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई झोला वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधि, शिक्षक अभिभावक संघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij