२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

570
Shares

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।आज सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij