२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

725
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर रुपमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । गभर्नर छनोट सिफारिस समितिले डा. पौडेलसँगै राष्ट्र बैंककी कामू गभर्नर डा. निलम ढुङ्गाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
अर्थशास्त्री रहेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्निबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी गरेका छन्। उनको कार्यकाल ५ वर्षको हुने छ।

उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।  उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा आर्थिक सल्लाहकारको रूपमा काम गरिसकेका छन् । त्यस्तै, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij