२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक सुरू

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक सुरू

850
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्नको लागि गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । अहिले अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको सिफारिस समितिको बैठक सुरु भएको हो ।

सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्। समितिले गभर्नर नियुक्तिको लागि ३ जनाको नाम सिफारिस गर्ने छ। जसमा एक जना डेपुटी गभर्नर रहनै पर्ने व्यवस्था छ। सिफारिस गरिएका ३ जना मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने छ।
१० चैतमा सिफारिस समिति गठन गरिए पनि एकपटक पनि बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij