२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा हरियाली, ७ अर्ब ३१ करोडको कारोबार

शेयर बजारमा हरियाली, ७ अर्ब ३१ करोडको कारोबार

800
Shares

काठमाडौं – आज नेप्से ५३ अंकले बढ्दा २६८१.३६ को विन्दुमा कायम भएको छ । ३१० सूचीकृत कम्पनीको १ करोड ६८ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ।

बजार बढ्दा सबै १३ वटै समूहमा हरियाली छाएको छ। आज होटल तथा पर्यटन समूह सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ।

आज २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ ।आज एउटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij