२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गभर्नर सिफारिस समितिको बैठक बस्दै, आजै गभर्नर नियुक्ति गरिने सम्भावना

गभर्नर सिफारिस समितिको बैठक बस्दै, आजै गभर्नर नियुक्ति गरिने सम्भावना

880
Shares

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । मंगलबार अपराह्न ४ बजे समितिको बैठक बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । १० चैतमा सिफारिस समिति गठन गरिए पनि एकपटक पनि बैठक बस्न सकेको थिएन ।

साँझ ५ बजेपछि मन्त्रिपरिषद् बैठक बस्नेछ । त्यसभन्दा अघि नै गभर्नर छनोट समितिको बैठक बस्ने तयारी गरिएको छ । सम्भवतः बैठकले गभर्नर छनोटका लागि ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसैको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नरमा नियुक्त गर्ने सम्भावना रहेको छ ।

अर्थमन्त्रीको अध्यक्षताका हुने सिफारिस समिति दुईपटक पुनर्गठन भइसकेको छ । समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र वरिष्ठ अर्थविद् डा. पोषराज पाण्डे सदस्यका रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij