२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा १३२औँ शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा १३२औँ शाखा विस्तार

1.3K
Shares

 

काठमाडौं – एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यज्यू बाट संयुक्त रुपमा उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष श्री उज्वल कुमार थापाज्यू, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठज्यू, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदीज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यू तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
सो उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यूले बैंकको उपस्थिती सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नुभयो साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij