२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राप्ती हाइड्रोको शेयरमूल्य समायोजन

राप्ती हाइड्रोको शेयरमूल्य समायोजन

745
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३२४ रुपैयाँ ४४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार कम्पनीको अन्तिम मूल्य ५४८ रुपैयाँ ८७ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij