काठमाडौं – आज साताको पहिलो दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेपाल स्टक एक्चसेञ्ज (नेप्सें) २.७९ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij