२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लक्ष्मी सनराइज बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

660
Shares

काठमाडौं – लक्ष्मी सनराइज बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र एनपिएस–एनसिएसमा आबद्ध भइरहेका छन्।

नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लक्ष्मी सनराइज बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन्।

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।एनसिएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पिएसओ र पिएसपी र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ।

एनपिएस–एनसिएस र नेपाल पे क्युआर कोडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।लक्ष्मी सनराइज बैंकले २५४ वटा शाखा÷२७ विस्तारित काउन्टर तथा ३२९ एटिएम टर्मिनल मार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij