२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य समायोजन

छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य समायोजन

345
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २८९ रुपैयाँ ११ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको अन्तिम शेयरमूल्य ४७८ रुपैयाँ २२ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। यस अनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij