२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोर्डले बुटबल पावरलाई न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्न लगायो रोक

बोर्डले बुटबल पावरलाई न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्न लगायो रोक

635
Shares

काठमाडौं –  नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरको सेयर बिक्री स्थगन गर्न बुटवल पावर कम्पनीलाई निर्देशन दिएको छ । बुटवल पावरले आफ्नो नाममा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको थियो । तर बुटवल पावरका सञ्चालकहरु न्यादी हाइड्रोपावरमा समेत सञ्चालक रहेको देखिएकाले सेयर बिक्री कार्य अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।

बुटवल पावरले न्यादी हाइड्रोपावरमा भएको सेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम विपरीत भएको बोर्डले जनाएको छ । बोर्डले यस सम्बन्धमा बुटवल पावरलाई आफ्नो धारणासहित यथार्थ विवरण पेश गर्न भनेको छ । साथै, हाललाई उक्त सेयर बिक्री गर्ने कार्य स्थगन गर्न निर्देशन पनि दिएको छ ।

 

यस्ताे छ बाेर्डले जारी गरेकाे सूचना 

श्री बुटवल पावर कम्पनी लि. ले श्री न्यादी हाईड्रोपावर लि. को शेयर बिक्री गर्न लागेको सम्बन्धमा श्री बुटवल पावर कम्पनी लि. को मिति २०८२।०१।२४ को पत्रबाट कम्पनीको नाममा रहेको न्यादी हाईड्रोपावर लि. को ३१,००,००० कित्ता शेयर बिक्री गर्ने निर्णय भएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गरेको सम्बन्धी जानकारी बोर्डमा प्राप्त भएकोमा उक्त कम्पनीका सञ्चालकहरु न्यादी हाईड्रोपावर लि. मा समेत सञ्चालक रहेको देखिएकाले बुटवल पावर कम्पनी लि. ले न्यादी हाईड्रोपावर कम्पनी लि.को शेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित हुने हुँदा सो सम्बन्धमा कम्पनीको धारणा सहित यथार्थ विवरण पेश गर्न र हाललाई उक्त शेयर बिक्री गर्ने कार्य स्थगन गर्न बोर्डबाट मिति २०८१।०१।३१ मा सूचीकृत संगठित संस्था श्री बुटवल पावर कम्पनी लि.लाई जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij