२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बलेफि हाईड्रोपावर ३२ करोड ६६ लाख घाटामा

बलेफि हाईड्रोपावर ३२ करोड ६६ लाख घाटामा

990
Shares

काठमाडौं – बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ६६ लाख रुपैयाँ घाटा बेहोरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार यो नोक्सानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.६५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा २६ करोड ८५ लाख रुपैयाँ थियो । यस वर्ष विद्युत बिक्रीबाट आम्दानी घट्दा घाटा थपिएको हो। चालु त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड ६० लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो वर्षको ६९ करोड ९० लाख रुपैयाँभन्दा कम हो।

कम्पनीले अन्य श्रोतबाट ११ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । तर हाइड्रोपावरको प्रशासनिक खर्च ३ करोड ८३ लाख र वित्त खर्च मात्रै ४३ करोड २० लाख रुपैयाँ पुगेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ रकम ८६ करोड ८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ। यस अवधिमा कम्पनीको अल्पकालीन कर्जा २७ लाख ५० हजार र दीर्घकालीन कर्जा ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ऋणात्मक १५.९८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ७६.४५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij