२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माण्डु हाइड्रोपावरको नाफा घट्यो

माण्डु हाइड्रोपावरको नाफा घट्यो

1K
Shares

काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमाफृत २० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५८ करोड २० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३२.१८ प्रतिशत घटेर १५ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा २३.८९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २४.०८ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च पनि समीक्षा अवधिमा २८.४० प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९७ पैसा घटेर १४ रुपैयाँ ६९ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.६९ गुणा रहेको छ। १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६२ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij