२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोल्टी होटललेको नाफा ४६ करोड ७३ लाख

सोल्टी होटललेको नाफा ४६ करोड ७३ लाख

915
Shares

काठमाडौं – सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १३.३६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सञ्चालन नाफा पनि १५.४१ प्रतिशतले बढेर ५९ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।

पर्यटकीय तथा व्यावसायिक गतिविधिमा सुधार आउँदा होटलको आम्दानीसँगै नाफा पनि बढेको हो । गत वर्षको चैत मसान्तसम्ममा १ अर्ब ६८ करोड आम्दानी गरेकोमा अहिले बढेर १ अर्ब ८९ करोड पुगेको छ ।

१ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा तथा प्रतिसेयर नेटवर्थ २५ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij