२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्ट्सको नाफामा सुधार

शिवम् सिमेन्ट्सको नाफामा सुधार

730
Shares

काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै वधिमा कमाएको २० करोड ४२ लाख रुपैयाँ भन्दा ९६.०८ प्रतिशतले धेरै हो । कम्पनीको सञ्चालन र अन्य आम्दानीमा गिरावट आएपनि बिक्री लागत र खर्चहरु घटाएका कारण नाफामा आकर्षक सुधार भएको हो ।

यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा आएको छ । यस्तै, अन्य आम्दानी पनि २७.१० प्रतिशत घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । अर्कोतर्फ, बिक्री लागत १६.०६ प्रतिशतले घटाएको छ भने बिक्री तथा वितरण खर्च ९.०४ प्रतिशतले घटाएको छ ।

शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै यसको प्रतिसेयर आम्दानी ४.३७ रुपैयाँले बढेर ९.७९ रुपैयाँ पुगको छ । प्रतिसेयर नेटवर्थ भने १८१.१० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij