२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोनापुर मिनरल्सको नोक्सानी घट्यो

सोनापुर मिनरल्सको नोक्सानी घट्यो

620
Shares

काठमाडौं – सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी ७ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी २७ करोड ८० लाख रुपैयाँ नोक्सानीमा थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४९।७९ प्रतिशत बढेको छ भने कुल नाफा २६५।७९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४८ लाख रुपैयाँ धनात्मक भएको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ६४ करोड १ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ८६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij