काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेको इन्सुरेन्स लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७३८.९० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको सेयर मूल्य ६९०.५६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर मंगलबार यसको कारोबार खुला हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij