२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्री खुला

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्री खुला

1.5K
Shares

काठमाडौं ।-ज्योति विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकका शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले बैंकले विभिन्न मितिमा ३५ दिने सूचना जारी गर्दै शेयर बिक्री खुला गर्दा संस्थापकबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेपछि बैंकले सो शेयर सर्वसाधरणमा बिक्री खुला गरेको हो ।

बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या र सोको मूल्य खुलाएको छैन। सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ताको विवरण खुलाएर निवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij