काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक धनी प्रसिद्ध बहादुर पाण्डेको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।
कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकिएको छ।
सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ता र सोको रकम समेत खुलाएर निवेदन दिनु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij