काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij