२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ११.०८ अंकले घट्याे, ७ अर्ब ५७ करोडको कारोबार

नेप्से ११.०८ अंकले घट्याे, ७ अर्ब ५७ करोडको कारोबार

1K
Shares

काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ११.०८ अंकले घटेर २,६३१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ ।

आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैको उपसूचकमा गिरावट आएको छ । आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij