२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुप्रिम हेल्थ केयरले आइपीओ निष्काशन गर्ने

सुप्रिम हेल्थ केयरले आइपीओ निष्काशन गर्ने

845
Shares

काठमाडौं –  सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १२,५०,००० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

साआज ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा सुप्रिम हेल्थ केयर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सुप्रिम हेल्थ केयर लि. वि.संं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाडौंमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij