२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्रोत नखुलेको ३२ लाखसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ३२ लाखसहित भारतीय नागरिक पक्राउ

1.4K
Shares

सर्लाही- प्रहरीले सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको रु ३२ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सदरमुकाम मलङ्गवा नगरपालिका–६, खुटौनाबाट उक्त रकमसहित आज भारतको सीतामढी जिल्ला कुनौलीका ४० वर्षीय शम्भुकुमार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । बिआर ०६ सिटी २४२२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आँउदै गर्दा उनी पक्राउ परेका हुन् ।

मोटरसाइकल जाँच गर्ने क्रममा साहको साथबाट ठूलो परिमाणमा रकम बरामद भएको हो । बरामद रकम र मोटरसाइकलसहित उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij