काठमाडौं केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक ७०औँ वार्षिकोत्सव मनाउँदै छ । देशको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते भएको थियो । वार्षिकोत्सव राष्ट्र बैंकले विभिन्न कार्यक्रम गरि मनाउँदै छ । कामु गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले ७० औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा प्रतिवद्धता जारी गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता राष्ट्र बैंकले गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij