२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

815
Shares

काठमाडौं – नेपाली बजारमा आईतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आईतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भईरहेको छ । शुक्रबारको चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij