काठमाडौं – कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले २ लाख ६० हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्ने छ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij