काठमाडौं -नेपाल धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावर लिमिटेड लाई १०० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij