२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाइ वाइ थोक विक्रेता उपहार योजनाअन्तर्गत रामेश्वर तिवारीले जिते नेटा भी कार

वाइ वाइ थोक विक्रेता उपहार योजनाअन्तर्गत रामेश्वर तिवारीले जिते नेटा भी कार

1.3K
Shares

काठमाडै – वाइ वाइ चाउचाउले थोक विक्रेताहरुलाई लक्षित गर्दै संचालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका संचालक रामेश्वर तिवारीले नेटा भी कार जित्न सफल भएका छन्। तिवारीलाई वाइ वाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरे ।
काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेताहरुलाई लक्षित गर्दै संचालन गरिएको थोक विक्रेता उपहार योजना अन्तर्गत प्रत्येक ५० कार्टुन वाइ वाइ चाउ चाउ खरिद गर्दा थोक विक्रेताहरुलाई पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो जसबाट थोक विक्रेताहरुले लक्की ड्र मा समाबेस हुने अवसर प्राप्त गर्नु भएको थियो । लक्की ड्र मार्फत भाग्यशाली थोक विक्रेताहरुले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार जित्न सक्ने वाइ वाइले घोषणा गरेको थियो ।
नेटा भी कार जितेको खुसी साट्दै तिवारीले भने, “वाइ वाइ अहिले प्रत्येक नेपालीको पहिलो रुचिको चाउचाउ बनिसकेको छ। यो पुरस्कारप्रति म निकै आभारी छु। यस्तो हौसलाले थोक विक्रेताहरुलाई अझै प्रेरित गर्छ।”
यही योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन्। त्यस्तै, उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन्।
कार्यक्रममा बोल्दै वाइ वाइका सीईओ पुडासैनीले वाइ वाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइ वाइ प्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताए। “हामी वाइ वाइमा ग्राहक, थोक विक्रेता र खुद्रा विक्रेताप्रति प्रतिबद्ध छौं। गुणस्तरीय उत्पादनमा निरन्तर ध्यान दिने र उपभोक्ताको आकांक्षा सम्बोधन गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij