२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीले अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालन

बाढीले अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालन

960
Shares
बेथानचोक गाउँपालिका केन्द्र जोड्ने बाटो बनाइँदै धुलिखेल, १८ असोजः यही असोज १० गतेदेखि १२ गतेसम्म निरन्तर परेको पानीले बेथानचोक गाउँपालिका केन्द्र ढु्ङ्खर्क जोड्ने पनौती–खोपासी–चलाल सडकखण्ड बगाएर अवरुद्ध भएपछि शुक्रबार स्काभेरमार्फत बेथानचोक गाउँपालिका वडा नं ४ सलान्दुबगरमा वैकल्पिक बाटो बनाइँदै । तस्बिरः पेमा लामा/ रासस

हुम्ला -बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा आएको छ । यही वैशाख ४ गते परेको अविरल वर्षा सहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।

नियमितरूपमा सञ्चालनमा रहेको उक्त सडक खण्डवर्षाका कारण एक सातादेखि पूर्णरुपमा अवरुद्ध भएको थियो । गाउँपालिकाले जेसिभीमार्फत् निरन्तर मर्मत गरेपछि सञ्चालनमा आएको छ । गाउँपालिकाले चार दिन मर्मत गरेपछि आज बिहानदेखि सडक सुचारु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद बुढाले बताए ।

कर्णाली करिडोरबाट गाउँपालिकाको केन्द्र जोड्ने एक मात्र विकल्प रहेको उक्त सडक खण्ड अवरुद्ध भएपछि गल्फा गाडलगायतका क्षेत्रमागई सवारी साधनको प्रयोग गर्ने नागरीकलाई केही सहज भएको छ । निरन्तर एक हप्तासम्म यातायात ठप्प भएपछि गाउँमा दैनिक उपभोग्यका सामग्रीको अभावभई हाहाकार भएको व्यवसायी नवराज महताराको भनाइ छ । त्यति मात्रनभई पालिकाको ब्यावसासय देखिनिर्माणका सामग्री ढुवानी गर्ने मालबाहक ट्रक एक सातादेखि गल्फागाडमा रोहिएकोमा आजमात्रै गाउँपालिकाको केन्द्रमा आइपुगेका छन्

एक सातामात्रै बन्दभएको सडकका कारण पालिकामा बिभिन्न सामग्री अभावचुलिनलागेको बेला सडक खण्डखुल्दा व्यवसायीदेखि उपभोक्ता सबैलाई सहजभएको छ । नेपालगञ्ज सुर्खेतलगायतकाशहरी क्षेत्रमा जानकरिब दुई घण्टाको पैदलबाटो मार्फत कर्णाली करिडोरमा गएर मात्रै बस चढ्नुपर्ने बाध्यता थियो । उक्त बाध्यता आजबाट हटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij