२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हेटौँडा उपमहानगरमा दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

हेटौँडा उपमहानगरमा दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

1.5K
Shares
फाइल फोटो

बागमती – हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई वटा कल्भर्ट निर्माण गरेको छ ।

उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो ।

हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन। पालिकाका अनुसार एउटा कल्भर्ट रु एक करोड १९ लाख र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij