२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पियोर इनर्जीको आईपीओ बाँडफाँड

पियोर इनर्जीको आईपीओ बाँडफाँड

1.3K
Shares

काठमाडौं- पियोर इनर्जीको आईपीओ बैशाख ११ गते   बाँडफाँट भएको छ। कम्पनकिो शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

यस आईपीओमा १८ लाख ५४ हजार ४ सय ९७ जनाले आवेदन दिएका थिए । जस मध्ये १८ लाख ४६ हजार ६ सय ६४ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ। जसमा १ लाख १९ हजार ५ सय २० जनाले मात्र शेयर पाएका छन् । उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर गत चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij