२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको सीईओको जिम्मेवारी गोबिन्द घिमिरेले सम्हाले

एनएमबि बैंकको सीईओको जिम्मेवारी गोबिन्द घिमिरेले सम्हाले

1.4K
Shares

काठमाडौं –  एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी गोबिन्द घिमिरेले सम्हालेका छन् । मंगलबारदेखि पूर्व सीईओ सुनिल केसीको कार्यकाल समाप्त भएपछि घिमिरेले नेतृत्व सम्हालेका हुन् । वित्तीय क्षेत्रको अनुभवमा दख्खल राख्ने घिमिरे यसअघि पनि बैंकको उच्च व्यवस्थापनमा संलग्न थिए। उनीसँग लामो समयको बैंकिङ अनुभव रहेको छ।

सुनिल केसीको ८ वर्षे अवधि पूरा भएसँगै बैंकको नेतृत्वमा यो परिवर्तन गरिएको हो ।

बैंक सञ्चालक समितिले फागुनमै १० वैशाखदेखि घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । यससँगै बैंकले सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij