२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन

बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन

1.4K
Shares

बागमती-बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो ।

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा  २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने अनुमान गरिएकामा नौ महिनामा  १६ अर्ब ७४ करोड २० लाख ८६ हजारमात्र सङ्कलन भएको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा  तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार सङ्कलन भएको छ ।

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१/८२ मा रु सात अर्ब ५० करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा  चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार मात्र सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)बापत रु आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा / पाँच अर्ब ६४ करोड ८१ लाख सङ्कलन भएको छभने अन्तःशुल्क करबापत / तीन अर्ब ६९ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएकामा / एक अर्ब ९२ करोड ४१ लाख २१ हजारमात्र असुली भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij