२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

730
Shares

काठमाडौं – आज वैशाख १० गते बुधबार २ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आज स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आज वैशाख १० गतेसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले वैशाख १९ गते वार्षिक साधारण बोलाएको छ । सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij