सधैं सकारात्मक सोच, दृढ निश्चय र निरन्तर प्रयासले मात्र सफलताको ढोका खुल्छ । यो भनाई लागु हुन्छ लायन सुदामा कार्की क्षेत्रीमा । २०३१ सालमा चितवनमा जन्मिएका कार्कीको बाल्यअवस्था चितवन वित्यो । एक सामान्य परिवारमा जन्मीएका उनी सामान्य गाउँबाट सुरु भएको यात्रा आज सफल ब्यवसायी मात्र होइन सामाजिक क्षेत्रमा पनि उतिनै सफल छन् ।
कार्की सानैदेखि अभावमै हुर्किएका थिए । न त राम्रो लुगाको सुविधा, न राम्रो खाना ! पढ्न मन थियो, तर घरमा किताब किन्ने पैसा थिएन । भोक, गरिबी र अवसरको अभावका कारण
कतिपटक त खाली पेट, खाली खुुट्टा स्कुल गएका थिए । उनले पुरानो च्यातिएको झोला सिलाएर बोके । उनले अभाव र संघर्षका विच जीवनलाई सफलतामा परिणत गर्न सफल भए । आफुले जविनमा धेरै दुःख कष्ट र अभाव झेलेका कारण आज दिनदुःखीको सेवामा आफुलाई सर्मपित गरेका छन् ।
बाल्यकालबाट नै उनी आफ्नो भाग्य भन्दा पनि लगनशिलतामा विश्वास राख्दथे । दृढ संकल्प र अठोटका उनले आफूप्रति विश्वास गुमाएनन् र त आज व्यवसायदेखी सामाजिक क्षेत्रमा सफल छन् ।
कष्ठकर र अभावमा बाल्यकाल विताएका उनले आफु अभावमा हुँदा पनि अरुको दुखमा सधै सहयोग गर्दै आए । अर्थात आफुलाई होइन सधै अरुका लागि सोच्ने कार्की आज सामाजिक क्षेत्रमा सक्रिय छन् ।
उनीसंग पैसा थिएन, सपना थियो । हातमा कुनै साधन थिएन, तर मनमा आँट थियो र आज उनी सफल भएका छन् । युवा पुस्ताका लागि प्रेरणाका स्रोत हुन सुदामा कार्की ।

अभावमा हुर्किएका सपना जब फुल्छन्, ती समाज परिवर्तन गर्ने शक्ति बन्छन् कार्की आज त्यहि अवस्थामा छन् । जीवनको आरोह, अवरोह पार गर्दै आएका उनी सामाजिक क्षेत्रमा जति सक्रिय छन् त्यति नै देशको अर्थतन्त्रमा योगदान दिएका छन् । लाखौं पर्यटक भित्राएर देशको अर्थतन्त्रमा मात्र होइन रोजगारीको अवसरहरु पनि सृजना गरेका छन् । सफल पर्यटन व्यवसायी रहेका उनी विश्वकै सबैभन्दा ठुलो सामाजिक संस्था लायन्स इन्टरनेशन डिष्ट्रिक्ट ३२५ एच नेपाल मार्फत सेवाका हात अगाडी बढाइरहेका छन् । हुनत लायन्स क्लवमा आवद्ध हुनुभन्दा पहिलादेखी नै उनी सामाजिक क्षेत्रमा सक्रिय थिए ।
जहाँ आवश्यक छ, त्यहाँ सेवा भन्ने भावका साथ सन् २०१३ बाट लायन्सको यात्रा आरम्भ गरेका शालिन, भद्र र सहयोगी मनका धनी समाजमा न्यानो दिलको स्पर्श दिएका सुदामा कार्की लायन्स क्लव स्वीट होम भक्तपुरको र्चाटर प्रेसिडेण्टको रुपमा लायन्स यात्रा सुरु गरेका उनले दुई कार्यकाल क्लवको अध्यक्ष, जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एरिया संयोजक भएर जिम्मेवारी निर्वाह गरेका छन् । त्यसका साथै डिष्ट्रिक्ट हेल्दी बेवी कन्टेस्ट संयोजक, डिष्ट्रिक्ट ट्रार्भल्ल टुरिजम संयोजक, डिष्ट्रिक्ट कोभिड राहत संयोजक, डिष्ट्रिक्ट जिएसटी संयोजक, जिइटी संयोजकको रुपमा सफलता पूर्वक आफ्नो जम्मेवारी पुरा गरेका छन् । हाल डिष्ट्रिब्ट क्याविनेट कोषाध्यक्षको रुपमा आर्थिक पारदर्शिता र वित्तिय अनुशासन कायम गर्नुका साथै बजेट ब्यवस्थापन, रिपोर्टिङ र अनुगमन प्रणालीलाई सुधार गर्न महत्वपूर्ण पहल गरेका छन् ।

उनले लायन्य यात्रामा विभिन्न अवार्ड तथा सम्मानहरुबाट सम्मानित भएका छन् । डिष्ट्रिक्ट जोन चियरपर्सन अवार्ड, इन्टरनेशनल लिडरसिप अवार्ड, इन्टरनेशनल प्रेसिडेण्ट सर्टिफिकेट, मेल्भीन जोन्स फिलो अवार्ड त्यसका साथै टियु लायन्स ब्लड सेन्टरको संस्थापक सदस्य समेत हुन ।
उनी हिम्मत नहार्ने स्वभाव, साना कामबाट सुरु गर्ने बानी र नयाँ सोचका साथ काम गर्ने भएको हुँदा उनको नेतृत्वमा हाल
अराउण्ड द हिमालय प्रालि, ट्राभल्ट कर्पोरेशन नेपाल प्रालि, स्वीट होम प्रालि, बौद्ध स्तुपा भ्यू गेष्ट हाउस प्रालि, बौद्ध स्तुपा भ्यू रेष्टुरेन्ट एण्ड क्याफे, धम्पुस भिलेज इको लज प्रालि, शिवपुरी अर्गानिक फार्म एण्ड रिर्सोट, शिवपुरी फाव्रिक प्रोडक्सन प्रालि र पाटन रोयल क्याफे रेष्टुरेन्ट रहेका छन् । सानो व्यवसायबाट सुरु गरेका उनमा सोच ठूलो थियो । त्यहि कारण नै उनी आज हरेक क्षेत्रमा सफल छन् ।
सामाजिक सेवाका गतिविधिहरुलाई ब्यवस्थीत रुपमा अगाडी बढाएका उनले आफ्नो स्थायी योजनाका रुपमा कुण्डलीनी एजुकेशन फाण्डेशन मार्फत ३५० भन्दा बढि विद्यार्थीलाई शिक्षाको ज्योती मार्फत सुन्दर भविष्य निर्माणमा योगदान दिएका छन् । काठमाडौंको गोर्कणेश्वरमा बोटल हाउस अनाथालय मार्फत ४० जना बच्चाहरुलाई होस्टलमा राखेर शिक्षाको व्यवस्था परेका छन् त्यसैगरी गोरखा जिल्लामा २० जना बालबालिकाहरुलाई शिक्षा,दिक्षा र होस्टेलको ब्यवस्थासहित उनले राखेका छन् ।

नेतृत्व भनेको अगाडि हिँड्ने होइन, अरूलाई अगाडि बढाउने हो । यस भावनाका साथ उनले लायन्स यात्रामा आफुमात्र होइन अन्य सयौं सहयोगी हातहरुलाई पनि यस अभियानमा जोडेका छन् ।
उनी देशमा भुकम्प आउँदा होस वा कोरोनाले देश आक्रान्त बन्दा उनी घरमा नबसी दुःखी गरिबको घरमा सधै सेवामा तलिन रहे । उनले काठमाडौं तथा देशका विभिन्न भागमा भुकम्प तथा कोरोनाको जटिल अवस्थामा खाद्यान्न विवरण गरेर लाखौं भोका पेटलाई राहत दिए । त्यसका साथै देशका विभिन्न पालिकाहरुमा मेडिकलका सामग्री पनि वितरण गरे । महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग पनि गरे ।

कोरोनाको समयमा आफ्नो ख्याल नगरी अभाव र समस्यामा परेका मानिसको सेवामा खटिए । जसलाई जेको आवश्यकता छ त्यहि दिएर उनले सेवा गरे । उनको सेवाको कदर गर्दै त्यस बेलाका डिष्ट्रिक्ट गर्भनर डा. शुशिला मल्लले कोभिड हिरोको रुपमा पुरस्कृत गरेकी थिइन ।
कोमल मनका धनी कार्की जीवनमा आफु मात्र होइन सबै बाच्नुपर्छ भन्ने सिद्धानका साथ अघि बढेका छन् । उनले युवाहरुको क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । बासँबारी क्लवलाई खेलकुद र युवाहरुको क्षमता अभिवृद्धिका लागि बार्षिक लाखौं सहयोग गर्दै आएका छन् ।

लायन्स मार्फत समाज रुपान्तरण अभियानमा लागेका कार्की लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालको आगामी कार्यकालका लागि सेकेण्ड भाइस गर्भनर पदका उम्मेदवार हुन । एक दशक भन्दा लामो समयदेखी लायन्स क्लव मार्फत सेवाका हात अगाडी बढाएका उनी अब सबै सेवाका हातहरुलाई थप दृढ संकल्पका साथ अगाडी बढाउनका लागि नेतृत्व गर्न तयार भएका छन् । उनको पारदर्शी, कुशल व्यवस्थापन र उच्च आत्मबल भएको सफल नेतृत्वकर्ताका रुपमा स्थापित भएका उनको नेतृत्वमा लाइन्स इन्टरनेशन नेपाल डिष्ट्रिक्ट ३२५ एचले ठुलो सफलता मात्र पाउने होइन । सामाजिक काममा पनि ठुलो योगदान दिनमा लायन्स सदस्यहरु ढुंक छन् । कम बोल्ने तर काम धेरै गर्ने उनको स्वभाव रहेको छ ।
उनी सेकेण्ड भाइस गर्भनर पदमा निर्वाचित भएपछि डिष्ट्रिक्टलाई लायन्सकाे मुल्य र मान्यताका साथ मुल सिद्धान्तमा रहेर काम गर्ने प्रतिबद्धता जनाउँछन् । उनी भन्छन् – सामुहिक उत्तरदायित्व र पारदर्शी ढंगबाट डिष्ट्रिक्टलाई अगाडी बढाउछु । यो सेवा गर्ने ठाउँ हो सबैलाई समान ढंगबाट उच्च मनोवलका साथ एक साथ अगाडी बढाउछु उनले भने । कसैलाई पनि काखा र पाखा नगरि डिष्ट्रिक्ट एचलाई एउटा परिवारको रुपमा अगाडी बढाउने प्रतिबद्धता सुदामा कार्की गर्छन । सेवाको भावलाई जिबन्त राख्दै डिष्ट्रिक्ट एचलाई सबैको साझा डिष्ट्रिक्टको रुपमा अगाडी बढाउने कुरामा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे ।

लायन्स लिडरहरुको क्षमता र नेतृत्व विकासमा पनि ध्यान दिने बताउँछन् । सदस्यहरुको विस्तार र क्लवको गठनमा पनि सक्रिय भएर लाग्ने बताए । डिष्ट्रिक्ट भवन बनाउने अभियानमा पनि नेतृत्व लिने उनले स्पष्ट पारे । उनले अहिले पनि डिष्ट्रिक्टको भवन बनाउन आर्थिक सहयोग गरिसकेका छन् ।
उनी आज विश्वका ४० भन्दा बढि देशको भ्रमण गरिसकेका छन् । युरोप, अष्ट्रेलिया, जापान, इटाली लगायतका देशमा पुगेका उनी अन्तरािष्ट्रय सम्बन्ध भएको र विस्तार गर्ने क्षमता राख्दछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij