काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र सूचीकृत भएको छ। आज बैंकको १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो।
ऋणपत्र सूचीकृत भएसंगै मंगलबारबाट ऋणपत्रको कारोबार सुरु हुने छ। यो ऋणपत्र EBLD91 सिम्बलबाट कारोबार हुने छ। १० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्ने छ।
नेपाल धितोपत्र बोर्डले माघ १५ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको थियो । बैंकले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म ऋणपत्र बिक्री खुला गरेको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij