२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंककाे खुद नाफा १ अर्ब ६६ करोड

सिद्धार्थ बैंककाे खुद नाफा १ अर्ब ६६ करोड

1.4K
Shares

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा ०.९४ प्रतितशले थोरै हो । गत वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ६ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन आम्दानी भने २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले २ अर्ब ४४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी पनि ०.२१ पैसाले घटेर १५ रुपैयाँ ८९ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०७.४८ रुपैयाँ ४७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij