२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंककाे १६.८७ प्रतिशत बढ्याे

महालक्ष्मी विकास बैंककाे १६.८७ प्रतिशत बढ्याे

1.1K
Shares

काठमाडौं- महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको नाफा ३७ करोड ३५ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७८ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको सञ्चालन नाफा ५३ करोड २१ लाख रुपैयाँबाट बढेर ६२ करोड ८१ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा ४.९९ प्रतिशत पुगेको छ भने वितरणयोग्य मुनाफा १६ करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १३.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.८६ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ र जगेडा कोष सञ्चिति २ अर्ब ५८ करोड १ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij